मेरो भाग्यमानी बाजा कृति लोकार्पित

Read Time = 1 min

काठमाडौं । गायक तथा संगीतकार दिनेश सुब्बाद्वारा लिखित ‘मेरो भाग्यमानी बाजा’ कृतिको प्रमुख अथितिद्वय गायक दीप श्रेष्ठ तथा संगीतकार प्रकाश गुरुङले संयुक्त रूपमा विमोचन गर्नुभएको छ । उक्त कृतिको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो ।

मूलरूपमा कृतिमा नेपाली संगीतको आगत, विगत र अगुवा संगीतकर्मीहरूबारे संस्मरणात्मक लेख भए पनि यसले नेपालीा संगीतकै इतिवृतिबारे उजागर गरेको कुरा उल्लेख कृतिबारे आ-आफ्ना अवधारणा राख्ने गीतकार सुवासचन्द्र ढुंगेल, बुलु मुकारुङ, प्रदीप बमजन र भूपाल राईले जिकिर गर्नुभयो ।

कृतिकार सुब्बाले आफू तीन दशकदेखि हङकङमा बस्दै आए तापनि नेपाली गीत-संगीत संस्कृतिलाई बिर्सन नसकेको सुनाउनुभयो । ‘त्यसैको उपज स्वरूप यो कृति मैले नेपाली संगीत क्षेत्रलाई सुम्पन सकेको हुँ’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?