श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् ।

गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या गरेसँगै शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?