राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

जबराको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज(आइतबार) बिहान साढे ६ बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उहाँलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । जबरा २९ वर्षको उमेरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्नुभएको थियो।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक आठ सय तलब खानेगरी जबरालाई गभर्नरको नियुक्त्रि दिनुभएको थियो ।

१४ वर्षमा मेट्रिक पास गर्नुभएका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नुभएको हो । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उहाँले स्थापना गर्नुभएको थियो ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत उच्च पदमा रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा काम गर्नुभएको थियो । उहाँले गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल हुनुभएको थियो ।

भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न वास्तवमै निकै कठिन थियो । तर, उहाँले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरेर भारु १ सय रुपैयाँको एक सय ६० रुपैयाँ हुने गरी सटही दर निर्धारण गर्नुभएको थियो ।

त्यतिखेर राखिएको भारतीय रुपैयाँको विनियम दर अहिलेसम्म पनि कायम छ । उहाँको ९५ वर्षको उमेरमा निधन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?