बागमती प्रदेशसभा बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज बस्ने भएको हो । प्रदेशसभा सचिवालय हेटौँडाले आज २ बजेका लागि आह्वान गरेको हो ।

आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको विषयमा छलफल हुनेछ।

गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो । सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्नेछ ।

आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?