टीकापुर घटना विषयमा आज सर्वोच्च अदालतमा पेसी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतमा आज टीकापुर घटनाको पेसी रहेको छ । यसअघि ८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुन लागेको हो ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो ।

उक्त घटनामा थारू अगुवा भनिएका रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसको दुई वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ ।

यता रेशमकै संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनालाई राजनीतिक घटनाको करार गर्दै विना शर्त रिहाईको माग गर्दैआएको छ । सत्ता साझेदार दल समेत रहेको उन्मुक्तिले उनीहरुको रिहाईलाई पहिलो शर्त बनाउँदै अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?