विकासले फेरिएको खदी गाउँ

हिमालय टाइम्स
Read Time = 5 mins

सुर्खेत । सामान्य उपचारका लागि हजारौ रकम खर्च गरेर सुर्खेत नेपालगन्ज जाने रुकुम पश्चिमको आठबिसकोट-३ खदी गाउँका बासिन्दालाई अहिले गाउँमा स्वास्थ्य चौकी स्थापनासँगै उपचारमा सहजता भएको छ ।

गाउँमै उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौं, दाङ, नेपालगन्जलगायत शहरमा जानका लागि सडकको पहुँच भएपछि यहाँका स्थानीयबासीहरु खुसी भएका हुन ।  स्थानीय सरकार गठन अघि हिडेर सबै ठाउँमा जानुपर्ने बाध्यात रहेको सुनाउने  खदीगाउँबासीहरु अहिले बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएपछि खुसी भएका छन्  ।

गाउँमा अहिले राप्ति राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण  भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरुमा सडक पुगेको वडाअध्यक्ष केशरमान विकले बताउनुभयाे । पाँच वर्षमा खदी आउने मुख्य सडकसहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिनुभयाे ।

वडाध्यक्ष विकले भन्नुभयाे, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति गर्नसके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ । त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरे बाटो, बिजुली, ढल निकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उहाँले बताउनुभयाे । प्रत्येक घरमा खानेपानीको पुर्‍याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र  विद्यालयमा पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको उहाँले जानकारी दिनुभयाे । जनप्रतिनिधि आएपछी खदीको दैनिकी बदलिएको स्थानीय बताउछन् ।

नुन लिनलाई दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपर्थ्याे । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भन्नुभयाे, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पधेँरो जाँदा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । यो भुगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालिका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारिएको बताएको छ । टुकी र दीयोको भरमा चलेको गाउँमा बिजुली पुगेपछी गाउँ नै झिलिमिलि बनेको छ । टुकी र दियोका भरमा जीवन निर्वाह गर्दै आएका खदीमा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । खदीमा केन्द्रीय प्रसारण लाईन पुगेपछी बत्ति बलेको हो ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष  विकले बताउनुभयाे । पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिदै गएको छ । सौर्य उर्जा र टुकी, दियोको भरमा जीवन निर्वाहगर्दै आएका स्थानीयलाई बिजुली पुगेपछी राहत महसुल गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?