भैरहवा । रुपन्देहीको ओमसतियामा सोमबारबाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ । नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औं संस्करणको रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
माघ २३ देखि फागुन ९ गते सम्म हुने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ । ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाँउपालिका वडा नम्बर १ को सहप्रायोजनमा हुने प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ र उप विजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।
त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्तालाई ८-८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिनुभयाे ।
प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच