काठमाडौं । नेकपा एमाले निकट उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले 'नेपाल इकोनोमिक समिट २०२३' आयोजना गर्ने भएको छ ।
महासंघलेआउँदो बैशाख २४ गते महासंघको स्थापना दिवसको सन्दर्भमा 'नेपाल इकोनोमिक समिट २०२३'काठमाडौंमा आयोजना गर्ने भएकाे हाे ।
माघ ७ गते एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा बसेको महासंघको तेस्रो विस्तारित बैठकले 'नेपाल इकोनोमिक २०२३' को आयोजना गर्ने निर्णय गरेको हो ।
सम्मृद्ध नेपाल सुखी नेपालीलाई मूर्तरुप दिन यसप्रकारको कार्यक्रममको आयोजना गर्न लागिएको प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महासंघका अध्यक्ष एलपि सावाँ लिम्बुले बताउनु भयो । अध्यक्ष सावाँले सम्मेलनलाई भव्य बनाउन महासंघ तयारीमा जुटिसकेको जानकारी दिनुभयो ।
नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त मात्रामा पुँजीको अभाव, परम्परागत कृषि प्रणाली, सरकारको कमजोर औद्योगिक नीति ,नयाँ नयाँ प्रविधिको अभाव, दुई ठुला राष्ट्रको तुलनामा नेपालको कमजोर अर्थ ब्यवस्थाका कारण आजसम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको अध्यक्ष सावाँको भनाइ छ ।
सूचना प्रविधि, उर्जा ,कृषि, खनिज, बित्तीय र पर्यटनसंग सम्बन्धित मुद्दाहरुमा केन्द्रीकृत यस प्रकारको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको