राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालको उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहनुभएको छ ।
यसैबीच नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने सोमबार निर्वाचन हुनेछ ।

कांग्रेसले पनि उहाँलाई समर्थन गर्ने भएसँगै उहाँको एकल उम्मेदवारी पर्ने संभावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?