कालीकोट । प्रेस चौतारी नेपाल कालीकोटले रक्तदान तथा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । आफ्नो संगठनको २५ औँ स्थापना दिवसको अवसरमा आइतवार जिल्लाअस्पतालका बिरामिहरुलाई फलफुल दिएर कार्यक्रम मनाएको हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खाडा, केन्द्रीय सदस्य कालिबहादुर मल्ल, नेता तुलाराम पाण्डे, खडानन्द्र अधिकारी, हस्त चौलगाई सचिव डिल्ली चौलगाई लगायतको टोलीले अस्पतालमै पुगी बिरामीहरु फलफुल वितरण गरेका हुँन् ।
वितरण गरेको फलफुलले बिरामीको स्वास्थ्यमा केही मात्रामा सहयोग पुगोस् भनि सो कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा कालीकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाले बताउनुभयो ।
पछिल्लो समय स्थापना दिवस होस् वा अन्य खुशीयालीका कार्यक्रममा फर्जुल खर्चगर्ने परिपाटीको अन्त्य गरी सामाजिक सेवामा सवैको चासो र चिन्ता जागोस भनी यो कार्यक्रम सञ्चालन गरिएको सिम्खाडाले बताउनुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य कालीबहादुर मल्लले प्रेस चौतारी नेपालले आजकै दिन देशका ७७ वटै जिल्लामा यस्ता खालका सामाजिक सेवाका कार्यक्रमको आयोजना भइरहेको जानकारी गराउनुभएको थियो ।
प्रेस चौतारी नेपाल देशका सवै प्रेस संघ संगठनहरु भन्दा क्रियाशिल र बलियो संगठन भएकाले यस्ता समाजिक सेवामैत्री कामहरु अझै गर्दै जाने केन्द्रीय सदस्य मल्लले बताउनुभयो ।
कार्यक्रममा तुलाराम पाण्डेले प्रेस चौतारी नेपाल एउटा कलम जिवी संगठनका साथै समाज सेवामा पनी उतिकै काम गर्ने संगठन भएको बताउनुभएको छ । नेपालका हरेक क्रान्तिमा प्रेस चौतारीको महत्वपूर्ण भुमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिका महासचिव प्रेमराज सिम्खाडाले कार्यक्रमबारे प्रष्ट जानकारी गराउनुभएको थियो ।
यसै विच प्रेस चौतारी नेपालका नेता किरण अधिकारीले रक्तदान समेत गर्नुभएको छ । सुत्केरी भइ रगतको अभाव खेपेकी शुभकालिका गाउँपालिका वडा नम्बर ५ निवासी बिन्दा शाहीलाई अधिकारीले रगत दिनुभएको हो ।
पत्रकार किरण अधिकारीको रगतले ३७ वर्षीया शाहीको ज्यान मृत्यु हुनबाट जोगिएको छ । फलफुल वितरणमा जिल्ला अस्पतालका डाक्टर रमितानाथ योगी, लंक बम, हेमराज बम, दुर्गा शाही लगायतका स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको