सेयर बजारमा सामान्य अंकले वृद्धि

Read Time = 2 mins

काठमाडौं   । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा आएर रोकिएको छ ।

गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ  भने १०१ कम्पनीमा ओरालो लागेको छ । साथै ७ कम्पनी स्थिर रहेको छ । २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

नेपाल जीवन बिमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। एनआईसी एशिया बैंकको ५ करोड ८५ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीको मूल्य घटेको छ भने बाँकी उपसूचकहरुको मूल्यमा उकालो लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?