काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताउनु भएको छ ।
केन्द्रीय कार्यालयमा आइतबार सरकारबाट बाहिरिने बैठकबाट गरेको निर्णय सुनाउँदै लामिछानेले चार वर्ष अगाडि आफैंले बोलेको कुरालाई उचालेर मिडियो आफ्नोबारे जथाभावी लेखेको आरोप लगाउनु भयो ।
उहाँले मिडियाका मालिक र १२ भाइ सम्पादकको काम नै आफूलाई खेद्ने काम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’ ।
लामिछानेले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिनुभयो ।
उहाँले नागरिकताका विषयमा केही प्रक्रियागत रुपमा आफ्नो केही त्रुटि भएको स्वीकार्दै भन्नुभयो, ‘प्रक्रियागतरुपमा सबैले गरेका कुराहरू मैले पनि गरेको थिएँ । अहिले अदालतले हतार–हतार जसरी निर्णय दिएको छ, अदालतले दिएको निर्णय नमान्ने कुरा छैन । मलाई स्वीकार्य छ । स्वीकारेर नै मैले पदबाट राजीनामा दिएको हुँ ।’
लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गर्नुभयो । तर उहाँले आफूले त्यसको दुरुपयोग नगरेको जिकीर गर्नुभयो । उहाँले आफूले अदालतको फैसलालाई स्वीकार गरेर नै तत्कालै पदबाट राजीनामा दिएर अघि बढेको पनि बताउनु भयो ।
उहाँले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच