भोजपुर । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा भोजपुर शाखाले कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक सहयोग गरेको छ ।
२५ औ स्थापना दिवस पारेर भोजपुर कारागारमा रहेका कैदीबन्दीलाई उपन्यास, जीवनी, ब्यक्तित्व चर्चा लगायतका बिभिन्न पुस्तक सहयोग गरिएको शाखा अध्यक्ष मोहन दुरालले जानकारी दिनुभयो । कैदीबन्दीका प्रतिनिधी भिमसेन राईलाई चौतारीका केन्द्रीय सदस्य एक्सन राई, जिल्ला अध्यक्ष दुरालले पुस्तक हस्तान्तरण गर्नुभयो ।
कैदीबन्दीलाई प्रदान गरिएको पुस्तक उपयोगी रहेको कारागार कार्यालय भोजपुरका प्रमुख अनिल खडकाले बताउनुभयो । भोजपुर कारागारमा हाल ८८ पुरूष र ३ महिला गरि ९१ जना कैदीबन्दी रहेका छन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच