श्रेष्ठको सभापतित्वमा रेडक्रस सोसाइटी गुल्मी शाखाको समिति चयन

Read Time = 2 mins

गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको २३ अधिवेशनले सर्वसम्मत समिति चयन गरेको छ । यस जिल्लाको सदरमुकाम तम्घासमा शनिबार सम्पन्न अधिवेशनले पुनः राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा नयाँ समिति सर्वसम्मत चयन हो ।

श्रेष्ठ दोस्रो कार्यकालका लागि सर्वसम्मत जिल्ला शाखाको सभापति चयन हुनुभएको हो । उप-सभापतिमा राधा पन्थी, कृष्ण प्रसाद भण्डारी, मन्त्री लालबहादुर कुँवर, उप-मन्त्री महेन्द्रप्रसाद भण्डारी, कोषाध्यक्षमा ज्ञानहरी सापकोटा, उप-कोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन हुनुभएको निर्वाचन संयोजक एवम् नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सदस्य कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य सदस्यहरु पनि सर्वसम्मत चयन हुनुभएको छ । जसमा शिला श्रेष्ठ, सरस्वति भण्डारी, सावित्रा श्रेष्ठ, टंकप्रसाद पन्थ, अनुपकुमार श्रेष्ठ, अनन्तराम पौडेल, पिताम्बर अर्याल, ढालबहादुर राउत, प्रेमनारायण पराजुली, भानुभक्त सुवेदी सदस्य चयन हुनुभयो । त्यस्तै, गुप्तबहादुर कार्कीलाई पनि यस शाखाको सदस्यमा मनोनित गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?