फ्रान्स । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलोजलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै पिएसजीले अंक तालिकाको शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । सो क्रममा थप गोल आचफर हामिमीले गर्नुभयो । टुलोजका लागि ब्रान्को भान डेकोले गोल गर्नुभएको थियो । ब्रान्को भान डेकोले खेलको २०औँ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूवाती अग्रता दिलाउनुभएको थियो ।
तर, खेलको ३८औँ मिनेटमा आचरफ हाकिमीले गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ५८औँ मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाउनुभयो । मेसीले २५ यार्डबाट गरेको उत्कृष्ट गोल नै निर्णायक बन्दा पिएसजीले महत्वपूर्ण तीन अंक जोडेको छ ।
चोटका कारण केलियन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पिएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौँ लिग गोल गर्नुभएको हो । उहाँले यो सिजन समग्रमा १५ गोल गरिसक्नुभएको छ ।
यो जितले पिएसजीको २२ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानमा रहेको मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको लेन्सले ४५ अंक जोडेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच