ललितपुर । ललितपुर युथ कप फुटसलको उपाधि ‘महालक्ष्मी ए’ ले जितेको छ । ललितपुरका कुल १२ वटा टिम सहभागी उक्त फुटसल प्रतियोगितामा विजेता टिम ‘महालक्ष्मी ए’ ले २५ हजार नगद राशिसहितको उक्त उपाधि जितेको हो । राष्ट्रिय युवा संघ ललितपुरले उक्त प्रतियोगिताको आयोजना गरेको थियो ।
ललितपुरको हात्तीवनमा रहेको हात्तीवन फुटसलमा सम्पन्न प्रतियोगितामा ललितपुर ‘महानगर बी’ टिम उपविजेता बन्न सफल रहृयो । फाइनलमा ‘महालक्ष्मी ए’ र ‘महानगर बी’ बीच २-२ को बराबरी खेलपश्चात् पेनाल्टी सुट आउटमा ३-१ ले ‘महालक्ष्मी बी’ उपाधि जित्न सफल भयो ।
प्रतियोगितामा ‘महालक्ष्मी बी’ र ‘ललितपुर महानगर ए’ ले तृतीय पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उपविजेता टिमले नगद १५ हजार तथा तृतीय हुने टिमहरूलाई पाँच हजार नगद राशिसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सुमन लिम्बू बेष्ट प्लेयर चयन हुनुभएको छ भने आर्यन महर्जनले उत्कृष्ट गोलकिपरको उपाधि हात पार्नुभएको छ । बेष्ट डिफेण्डर निरन बस्नेत चुनिनुभएको छ । प्रतियोगितामा सन्देश केसी ११ गोलसहित हाई स्कोरर बन्न सफल हुनुभयो । प्रतियोगिताको फेयर प्लेको उपाधि महांकाल गाउँपालिकाको टिमले जितेको छ ।
ललितपुर महानगरबाट चार, महालक्ष्मी नगरपालिकाबाट दुई, गोदावरी नगरपालिकाबाट दुई, महाकांल गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका तथा आयोजकका तर्फबाट एक/एक गरी जम्मा १२ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको