कथा संग्रह ‘ब्रहृमास्त्र’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार शैलेन्द्र अधिकारीको कथासंग्र्रह ‘ब्रहृमास्त्र’ सार्वजनिक भएको छ । शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उहाँको कथासंग्र्रह ‘ब्रहृमास्त्र’ सार्वजनिक भएको हो । पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

ब्रहृमास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए । पुस्तक सार्वजनिकपश्चात् पुस्तकको अन्तक्र्रिया पनि भएको थियो । जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गर्नुभएको थियो ।

अन्तक्र्रियामा बोल्दै लेखक अधिकारीले फरक-फरक विषयमा कथाहरू लेखेको जिकिर गर्नुभयो । नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उहाँको दाबी थियो ।

यसअघी साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भएका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य ४५० राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?