काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिहृन प्रदान गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा १४ उद्योगलाई गुणस्तर प्रमाण चिहृन प्रदान गरेको हो । विभागले सिमेन्ट, टिएमटी छड, रङ, एचडिपिई पाइप, सिपिभिसी पाइप, युपिभिसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिहृन प्रदान गरेको हो ।
विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिहृनप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताउनुभयो । विभागले सिमेन्ट, छड, एलपिजी सिलिण्डर, रेगुलेटर, ग्याँस पाइप, जिआई वायर, पिभिसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिहृन अनिवार्य गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा प्राविधिक समितिबाट १६ वस्तु तथा उद्योगको गुणस्तर पारित गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको