नेफोस्टाको पूर्वाञ्चल च्याप्टर गठन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ(नेफोस्टा)ले खाद्य वैज्ञानिक र खाद्य प्राविधिकबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेफोस्टाका अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पसका प्रोफेसर वसन्तकुमार राई, केन्द्रीय प्रविधि क्याम्पसका सहप्राध्यापक बबिता अधिकारी, नारायणी च्याप्टरका अध्यक्ष तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजय खनाल र राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद(नार्क)का वरिष्ठ वैज्ञानिक डा. रोमन कार्कीलगायतको सहभागिता थियो ।

सो अवसरमा नेफोस्टाका अध्यक्ष उपाध्यायले नेपाल खाद्य वैज्ञानिक तथा नेफोस्टाको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिँदै खाद्य विज्ञान तथा प्रविधिको विकास, संवद्र्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिका निमित्त योगदान दिने लक्ष्यसाथ खाद्य वैज्ञानिक तथा खाद्य प्राविधिकबीच सहकार्यमा जोड दिनुभयो । प्रोफेसर राईले खाद्य प्राविधिक तथा वैज्ञानिकबीच सहकार्य गरेर खेर जाने खाद्य पदार्थको उचित संवद्र्धन गरेर खाद्य र पोषण सुरक्षामा टेवा पुर्‍याउनुपर्ने बताउनुभयो । केन्द्रीय प्रविधि क्याम्पसका सहप्राध्यापक बबिता अधिकारीले समूहगत भएर काम गर्दा आवाज ठूलो हुने र प्रतिफल पनि राम्रो हुने बताउनुभयोे ।

सोही क्रममा पूर्वाञ्चल च्याप्टर गठन गर्ने उद्देश्यले साधारण सभाको आयोजनासमेत गरिएको थियो । साधारण सभाले अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा च्याप्टर चयन गरेको हो । सचिवमा कविन्द्र भट्टराई, कोषाध्यक्षमा संगेन रुमा राई, सदस्यमा अनन्त पौड्याल, तेज कार्की, दिनेश सुवेदी र सौरभ कोइराला रहनुभएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?