म्याक्ससका नयाँ गाडी

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित म्याक्सस मोटर्स गाडीको आधिकारिक बिक्रेता प्यारामाउण्ट मोटर्स प्रालिले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान ल्याएको छ । यी प्रिमियम गाडीमा भेरिएबल जिओमेट्री टर्बो चार्जर प्रविधिसहितको तीन सय ६० एनएम र तीन सय ७५ एनएम पिक टर्क, अधिकतम् पावर एक सय १० किलोवाट र एक सय २० किलोवाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको कम्पनीले जनाएको छ ।

म्याक्सस टी ६०, टी ७० र भी ८० को मूल्य क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रुपैयाँ रहेको छ । म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकमा अटोमेटिक एसी, किलेस इन्ट्री र स्टार्ट, पुस-स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ हिृवल, क्रुज कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोललगायतका फिचर रहेका छन् ।

म्याक्सस भी ८० कार्गो भ्यान युरो ४ इमिसन स्ट्याण्डर्ड इको-डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । भी ८० प्यानल भ्यान युरो ४ इमिसन स्ट्याण्डर्ड इको-डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?