आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा ६ महिनामा १५ करोड राजस्व संकलन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा कुल लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन गरेको छ । साउनदेखि पुससम्म २१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व संकलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेम नारायण रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयको सोही लक्ष्यअनुसार वार्षिक राजस्व असुली हुने आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीले भन्नुभयो, ‘गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैंकमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनु लगायतका कारणले राजस्व कम उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ ।’

चालु आवको ६ महिनामा विविध शीर्षकअन्तर्गत सो संख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । कार्यालयको तथ्यांकअनुसार तीन जिल्लाका कुल ३० हजार २८४ जना करदाता छन् ।

जसमा सबैभन्दा बढी आयकरतर्फ १४ हजार १७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार १७७ र भ्याटतर्फ १३ सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । कर्मचारीको अभावले बजार अनुगमन हुन सकेको छैन ।

पाँच जनाको अधिकृत स्तरको दरबन्दी रहेकोमा अहिले एकजना मात्र कार्यरत छन् । ६ जनाको नायव सुब्बाको दरबन्दी रहेको कार्यालय अहिले दुईजना मात्र रहेकाले स्थानीय स्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ । दरबन्दीअनुसार कर्मचारी नुहँदा कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रग्मीले बताउनुभयो । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्ने लागि परेको सो कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?