टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

टर्की । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको दक्षिणतर्फ सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसले जनाएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा क्षेत्र हो । यो क्षेत्र गाजिएनटेप नजिकै छ ।

गाजिएनटेपको जनसंख्या लगभग २० लाख छ, जसमध्ये ५ लाख सिरियाली शरणार्थी छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?