एमालेको केन्द्रीय समिति बैठकको पहिलो अजेन्डा : निर्वाचन समिक्षा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघबाट सुरु हुने भएको छ ।

गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साँगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।

बैठकको अजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?