एसी मिलानलाई हराउँदै इन्टर मिलान विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लाउटारो मार्टिनेजको निर्णायक गोलमा इन्टर मिलानले इटालियन सिरी ए मा एसी मिलानलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई १-० गोल अन्तरले हराएको हो । इन्टर मिलानको जितमा कप्तान मार्टिनेजले गाल गरेका थिए ।

जितसँगै इन्टर मिलानले शीर्ष स्थानको नापोलीसँगको अंक दूरी कम गरेको छ। इन्टर मिलानको २१ खेलबाट ४३ अंक छ।

समान खेलबाट नापोलीको भने ५६ अंक छ। इन्टर नापोलीभन्दा १३ अंकले पछि छ। हारसँगै एसी मिलान छैटौँ स्थानमा झरेको छ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?