काठमाडौं । नेपाल भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।
बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् ।
नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन् । यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए ।
रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका