खोटाङ। प्रदेश सरकार प्रदेश नं. १ ले खोटाङको खोटेहाङ गाउँपालिकालाई दिएको दमकल थन्किएर बसेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालन अन्तर्गत प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको दमकलको ब्याट्री डाउन भएपछि थन्किएको हो ।
२०७७ असोज २९ गते प्रदेश सरकारकातर्फबाट तत्कालिन मुख्यमन्त्री शेरधन राईले तत्कालिन गाउँपालिका अध्यक्ष प्रदीप राईलाई एउटा प्रहरी पिकअप भ्यानसहित दमकल हस्तान्तरण गरेको थियो । भ्यानलाई इलाका प्रहरी चौकी खोटाङबजारले प्रयोग गरिरहेको छ ।
ल्याएको केही महिनापछि ब्याट्री डाउन भएको दमकललाई इलाका प्रहरी चौकी खोटाङबजारमा राखिएको छ । दमकल चलाउनका लागि ब्याट्री परिवर्तन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । दमकल भए पनि चलाउने ठाउँ नै छैन । बजारकै सडक साँघुरो छ । तै पनि ब्याट्री फेरेर दमकललाई चालू अवस्था राख्नेछौ ।’ अध्यक्ष राईले भन्नुभयो ।
सुख्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालू राख्ने र चलाउने अपरेटर खोजी गरिने गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताउनुभयो । सामान्य त गाउँपालिकाकै चालकहरु पनि चलाउनु हुन्छ । तर, दमकलको अनुभवी चालक पनि खोजी गर्नेर्छौ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच