संसद अधिवेशन बन्द गरेर भोलिपल्ट अध्यादेश ल्याउने काम हुनुहुँदैन : सुवाष नेम्वाङ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताउनु भएको छ ।

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गर्नु भयो । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उहाँको निष्कर्ष थियो ।

सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पार्नु भयो । उपाध्यक्ष नेम्वाङले संसदलाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहो¥याउनु भयो ।

संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उहाँले औंल्याउनु भयो ।

उपाध्यक्ष नेम्वाङले भन्नु भयो, ‘अध्यादेश ल्याउनका लागि जानिजानि संसद अधिवेशन अन्त्य गर्ने गरिएको छ । यो त अधिवेशन नचलिरहेको अवस्था उत्पन्न गर्न जानी जानी काम गरिएको भयो । तत्काल केही गर्न आवश्यक प¥यो भने पनि अध्यादेश ल्याउने व्यवस्था छ । सरकारलाई दिइएको यो राईट नै हो । तर यो अपवादका लागि हो । सबै काम पार्लियामेन्टबाट गरे । मेरो बुझाईमा त एउटा डेमोक्रेटिक गोभरमेन्टले भरसक अध्यादेशमा जान नपरोस भन्ने सोच राख्न पर्दछ । उसले सबै काम पार्लियामेन्टबाट गर्छु भन्छ । आज १२ बजेसम्म उसको पार्लियामेन्ट चलिराखेको छ । त्यसलाई बन्द गरेर भोलिपल्ट अध्यादेश ल्याउने होइन । अध्यादेश ल्याउनुपर्ने अवस्था रहेछ, कानुन बनाउनुपर्ने अवस्था रहेछ नि त । त्यसो हो भने उसले पार्लियामेन्ट १४ दिन लम्ब्याउनु पर्दछ । पार्लियामेन्टमा ल्याउनुपर्छ कानुन । प्रश्न त त्यो हो । सबै चिज छ यहाँ । तर हामी के गर्छौ त भन्दाखेरी सजिलो बनाउने बाटो खोज्छौं । सजिलो बनाउने बाटो भनेको हाउसलाई बन्न गरिदिने । अनि, अध्यादेश ल्यायो । अनि फेरी त्यो खारेज गरिदियो । तर संविधानले त त्यसो गर भनेको होइन नि । त्यसैले गर्ने बेलामा हामी गछौं । अनि संविधानमा त्रुटि देखाउँछौं । त्यसैभएर भारतीय संसदमा अम्बेडकरले भनेका छन– गल्ती, कमीकमजोरीमा छ । तर हामी संविधानमा खोट देखाउँछौं ।’

उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटी देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताउनु भयो । भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उधृत गर्दै उहाँले गल्ती, कमीकमजोरीहरु आफूमा राखेर संविधानमा त्रुटी देखाउने काम सरकारले गर्न नहुने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?