माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने

Read Time = 1 min

जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने भएको छ ।

गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएको थिएन ।

माओवादी केन्द्रलाई एक मन्त्रालय मात्रै दिने मुख्यमन्त्रीको अडानका कारण माओवादी केन्द्र सरकारमा सहभागी हुन मानेको थिएन । ऊ दुई मन्त्रालय लिने अडानमा थियो । केन्द्रबाट भएको पहलका कारण एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएको हो ।

यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमति भएको हो ।

माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीलाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?