सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभाले १९ वटा कार्यविधि सर्वसम्मतरुपमा पारित गरेकाे छ ।
नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न नगरसभाको हिउँदे अधिवेशनले १९ वटा कार्यविधि पास गरेको हो ।
नगरसभाको पहिलो बैठकबाटै सर्वसम्मत पारित गरिएको यी कार्यविधिमध्ये केही राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याइने र राजपत्रमा प्रकाशित नगरी सोझै कार्यान्वयनमा ल्याउन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरसभाले नगर प्रहरी गठन तथा संचालन कार्यविधि २०७९, शिक्षा ऐन २०७५ को पहिलो संशोधित ऐनको मस्यौदा, विद्यालयमा शिक्षक र कर्मचारी नियुक्तीको लागि मस्यौदा कार्यविधि, नगर स्वास्थ्य ऐन २०७९, नगर अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७९ लगायतका कार्यविधि नगरसभाको पहिलो बैठकबाटै पारित गरिएको हो । यो आर्थिक वर्षको गएको साउनदेखि अहिलेसम्म कार्यविधि तयार पारेर नगरसभाबाट स्वीकृत गरिएको नगरपालिकाका योजना शाखा प्रमुख पुष्करमणि घिमिरेले बताउनु भयाे ।
नगरप्रमुख मनोजकुमार आचार्यको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख रन्जितादेवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख आचार्यले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुधार गर्दै नगरपालिकाका काम कारवाहीलाई पारदर्शी बनाउँदै जाने बताउनुभयो ।
उहाँले नगरको विकास र नागरिकका सास्ती तथा समस्यालाई हल गर्न सबैसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच