अटो व्यवसायीले ट्राफिक नियमको पालना नगरे कारवाही गरिने

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोटमा सञ्चालित अटो व्यवसायीहरुले ट्राफिक नियमको पालन नगरे कारवाही गरिने भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको अटो व्यावसायीहरुसँगको समन्वयात्मक बैठकमा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले यस्तो बताउनुभएको हो ।

अटो व्यावसायीहरुसँग बसको बैठकमा प्रमुख जिल्ला अधिकारीले अनिवार्य चालक अनुमति पत्र हुँनु पर्ने, सम्बन्धीत स्थानीय तहमा सवारी साधन दर्ता तथा नविकरण भएको हुनुपर्ने, चालकले आफ्नो यात्रु र सवारीको बिमा गरेको हुनुपर्नेे लगायतका निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको अध्यक्षतामा बसेको बैठकमा सवारी साधनमा कति यात्रु राख्ने उल्लेख भएको बिलबुक हुनुपर्ने पार्किङ तोकिएको ठाउँमा गर्नुपर्ने लगायतका निर्णय गरिएको छ ।

बैठकमा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमाल, शशस्त्र प्रहरी नायव उपरिक्षक मित्रलाल शर्मा, राष्ट्रि अनुसन्धान विभागका प्रमुख अनसुन्धान अधिकृत रामअचल शाह, खाँडाचक्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मराज ताम्राकार नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट, अटो व्यवसायी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

बैठमा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले अधिकार प्राप्त निकायबाट प्राप्त सवारी चालक अनुमति पत्र अनिवार्य रुपमा लिएर मात्र सवारी साधन चलापर्ने र सम्बन्धीत स्थानीय तहहरुमा सवारी साधनहरु अनिवार्य रुपमा दर्ता गरिएको हुनुपर्ने बिषयलाई गम्भिर रुपमा नलिए अटो चालकहरुलाइ जतिसुकै बेला पनि कानुनको दायरामा ल्याउने बताउनुभयो ।

रिमालका अनुसार सम्बन्धीत सवारी चालकले सवारी र यात्रु वीमा अनिवार्य रुपमा गरिएको हुनुपर्ने अधिकार निकायबाट जारी गरिएको सवारी पास बिलबुकमा उल्लेखित भए बमोजिमको क्षमता अनुसार यात्रु ओसारपसार गर्नु पर्ने समेत निर्देशन दिनुभयो ।

यसैगरी प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले अटोचालकहरुलाई समयमै सचेत नभए भोलि गएर पछुताउनु पर्ने भन्दै सबैले ध्यान दिनुपर्ने निर्देशन दिनुभयो । प्रजिअ माझीले केहिदिन अघिमात्रै तिलागुफामा भएको अटो दुर्घटनाबाट ज्यान गुमाउने प्रति समवेदन प्रकट गर्दै घाइतेको सीघ्र स्वास्थ्य लाभको कामना समेत ब्यक्त गर्नुभयो ।

सवारी चालकले सवारी साधन पार्किङ गर्दा सम्बन्धित स्थानीय तहले तोकेको ठाउँमा मात्र पार्किङका साथै अव्यवस्थित रुपमा पार्किङ जहातही गर्ने चलन अब देखि नहुने समेत स्पष्ट पार्नुभयो ।

यसैगरी खाँडाचक्र नगरपालिका वडा नम्वर- १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले सवारी चालकले मादक पदार्थ सेवन गरी अटो रिक्सा चलाउने गरेको गुनासो वडामा आएकाले यसो गरेको पाइएमा नियमानुसार कार्वाहीको प्रक्रिया अगाडी बढाउनमा वडाले सहयोग गर्ने बताउनुभयो ।

सदरमुकाम मान्ममा नगरपालिकाबाट तोकिएको रुट बमोजिम सवारी साधन चलाउने बिषयमा अटो चालक गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यात्रुहरुको गुनासो मनोमानी रुपमा भाडा असुल गरिएको व्यापक जनगुनासो आएको हुँदा सम्वन्धित स्थानीय पालिकाले निर्धारण गरे बमोजिम भाडा मात्र लिन पाइने भएकाले अन्यथा लिएको पाइएमा नियमानुसारको कार्वाही गर्न सम्बन्धीत निकायले ध्यानदिनु पर्ने अध्यक्ष ताम्राकारले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?