पोखरा जहाज दुर्घटनाको कारण इन्जिनमा आएको समस्या

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक कारण खुलेको छ ।

दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाउन बनेको जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गर्दै दुर्घटना हुनुको प्रारम्भिक कारण पत्ता लगाएको हो ।

दुर्घटनामा परेको जहाजको इन्जिनमै समस्या भएका कारण दुर्घटना भएको प्रारम्भिक कारण खुलेको छ ।

दुर्घटनाको कारणबारे आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ ।’

काठमाडौंबाट ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको जहाज माघ १ गतो पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा ७२ जना यात्रुको मृत्यु भएको छ । तर, अझै पनि दुई जनाको शव भेटिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?