‘जय हो’मा नायिका केकी

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘जय हो’मा नायिका केकी अधिकारी अनुबन्धित हुनुभएको छ । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो ।

चलचित्रमा केकीसँगै अब अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसक्नुभएको छ । टेक पौरखी राईले निर्देशन गर्ने यो चलचित्र आगामी फागुन २५ गतेदेखि छायांकनमा जादै छ । चलचित्र पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सुरेश न्यौपानेको कथा रहेको चलचित्र एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुनलागेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत सौरभ लामाको छायांकन रहनेछ । चलचित्रमा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?