निर्माण व्यवसायीमा चुनावी सरगर्मी

Read Time = 2 mins

काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १७औँ साधारणसभा, नवौँ अधिवेशन एवं रजत महोत्सव फागुन १२ देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपालको विकास बजेट ८० प्रतिशत कार्यान्वयन गराउने क्षेत्रमा रहेका निर्माण व्यवसायीको छाता संघमा गत वर्ष दुर्ई हजार चार सयको हाराहारीमा सदस्यता नवीकरण भएकोमा यस वर्ष झनै वृद्धि भई तीन हजार पाँच सयको हाराहारी पुग्ने संघको अनुमान छ ।

संघमा आबद्ध सदस्यको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको भलाइ कोषबाट लाभान्वित गराउँदै आएको संघ क, ख, ग, घ वर्गका सबै निर्माण व्यवसायी एकजुट गराई १७औँ साधारणसभा, नवौँ अधिवेशन एवं रजत महोत्सव मनाउने कार्यमा जुटेको संघले जनाएको छ ।

अधिवेशनमा अध्यक्षसहित २० जना निर्वाचित र तीनजना अध्यक्षबाट मनोनीत सदस्य गरी २३ जनाको कार्यसमिति हुने बताइएको छ । संघका अनुसार हाल अध्यक्षका लागि दुई आकांक्षी देखिनुभएको छ । नेपाली कांग्रेस निकट हालका महासचिव शान्तकुमार श्रेष्ठ र एमाले निकट कृष्णप्रसाद गौतम रहनुभएको छ ।

श्रेष्ठको नेतृत्वमा कविन्द्र महर्जन वरिष्ठ उपाध्यक्ष, वासु खड्का प्रथम उपाध्यक्ष, टीकाराम सुवेदी द्वितीय उपाध्यक्ष, हालका सचिव ईश्वरराज पन्त महासचिव, यनप्रसाद अधिकारी राजु कोषाध्यक्षमा भिड्दै हुनुहुन्छ ।

त्यस्तै, गौतमको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष र प्रथम उपाध्यक्षमा हालसम्म कसैको दाबी देखिएको छैन भने द्वितीय उपाध्यक्षमा तिलकबहादुर लामा, महासचिवमा पञ्चबहादुर तामाङमात्रै रहनुभएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?