अग्लुङ्गमा जेष्ठ नागरिकलाई बल्याङ्केट वितरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने मदाने गाउँपालिका–१, अग्लुङ्गमा जाडो समयमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि ९० वर्षभन्दा माथिका १३ जना जेष्ठ नागरिकलाई सो गाउँपालिकाको वडा नम्बर– १ अग्लुङ्गले न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरेको हो ।

बल्याङ्केट वितरण गर्नुहुँदै वडा अध्यक्ष सुशील चन्दले जेष्ठ नागरिकहरू जिउँदो इतिहास भएको बताउनुभयो । उहाँहरू एउटा विश्व विद्यालय हो ।

विश्व विद्यालयमा लेखिएका पुस्तक पढाइ हुन्छ भने एक शताब्दी बाच्नुभएका जेष्ठ नागरिकहरूबाट अनुभव र भोगाईको प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । पाकापुस्ताका अनुभव, युवाको जोस र जागरले मात्रै परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो ।

बल्याङ्केट लिनुहुँदै जेष्ठ नागरिकहरूले खुसी व्यक्त गर्नुभयो । उहाँहरूले स्थानीय सरकारले समय–समयमा हाम्रा समस्या बुझ्दै आएको छ । आगामी दिनमा पनि स्थानीय सरकारले यसरी नै हाम्रो समस्या बुझ्दै जाओस् जेष्ठ नागरिकहरुले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?