छोटो समयमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बन्यो पठान

Read Time = 1 min

मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ ।

गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ ।

सो फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय छ । पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि 'कमब्याक' भएका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गर्न थालेका छन ।

बलिउडका चलचित्र समिक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?