काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौँ एक्सेल्सियर कपअन्तर्गत यू-१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले स्वस्तिश्रीलाई ५-० गोलले पराजित गर्‍यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गर्नुभयो । एक्सेल्सियर रातोले आफ्नै पहेंलो टोलीलाई १-० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गर्नुभयो ।
सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २-० गोलले पाखा लगायो । रेडिअन्टका साम्देन लामा र प्रवेशले १-१ गोल गर्नुभयो । संस्कृतिले रिब्समाथि २-० को जित आत्मसात् गर्‍यो । संस्कृतिका सहज भण्डारीले दुवै गोल गर्नुभयो ।

यू-१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साई, न्यु इरा र हार्टल्याण्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए । ग्रिनफिल्डले एलआरआईलाई ६-० ले पाखा लगायो । ग्रिनफिल्डका आयुश दुतराजले ३, धर्विन्द्र बोहराले २ र सम्राट खड्काले १ गोल गर्नुभयो । श्री सञ्जय साईले होली भिजनलाई ४-३ ले पन्छायो ।

विजेताका प्रयास घिमिरेले २ तथा उन्नत थापा र उज्ज्वलराज कपालीले १-१ गोल गर्नुभयो । न्यु इराले एनआइसी एकेडेमीलाई ३-२ गोलले निराश पार्‍यो । न्यु इराका विक्रान्त खतिवडाले हृयाट्रिक गर्नुभयो । एनआइसीका स्लोक पौडेलले एक गोल फर्काउनुभयो भने एक गोल आत्मघाती रहृयो । हार्टल्याण्डले एक्सेल्सियरमाथि ७-० को आरामदायी जित निकाल्यो । विजेताका प्रशान्त धामीले हृयाट्रिक गर्नुभयो भने करण लामा र अनिश पुजाराले २-२ गोल थप्नुभयो ।

गल्र्स बास्केटबलमा संस्कृतिले एक्सेल्सियरलाई १९-६, रेडिअन्ट पब्लिकले द चाँदबाग स्कुललाई २०-८ र रातो बंगलाले मोर्डन इण्डियन स्कुल (एमआइएस) लाई २७–४ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । संस्कृतिकी निशी महतले ६, रेडिअन्टकी रिजा मोक्तानले ६ र रातो बंगलाकी अन्शु उरावले १७ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइज बास्केटबलमा जेनिथले रातो बंगलालाई ४०-१३ तथा एमआइएसले पिपल्स एकेडेमीलाई ३४-२३ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरे । जेनिथका सुशिल शाहीले १५ तथा एमआइएसका आयुश राईले २३ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?