काठमाडौं । चौथो कादुरी नेत्रहीन क्रिकेट प्रतियोगिता माघ २५ देखि २८ सम्म आयोजना हुने भएको छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा सो प्रतियोगिता पर्साको वीरगञ्जस्थित नारायणी रंगशालामा हुनेछ ।
टी-ट्वान्टी फम्र्याटमा आयोजना हुने यस प्रतियोगितामा गोरखा, चितवन, मधेश प्रदेश र प्रदेश नम्बर १ गरी चार टिम सहभागी रहनेछन् । यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई सन् २०२३ अगष्ट महिनामा बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराइनेछ ।
प्रतियोगितामा माघ २५ गते बिहान चितवनविरूद्ध गोरखा, दिउँसो मधेश प्रदेशविरूद्ध प्रदेश नम्बर १, माघ २६ गते बिहान गोरखाविरूद्ध प्रदेश नम्बर १, दिउँसो मधेश प्रदेशविरूद्ध चितवन, माघ २७ गते चितवनविरूद्ध प्रदेश नम्बर १, दिउँसो गोरखाविरूद्ध मधेश प्रदेश खेल्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको