काठमाडौं । भारतलाई हराउँदै नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि तीन-एकको सानदार जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो । ढाकास्थित वीर श्रेष्ठ शहीद मुस्तफा स्टेडियममा एक-शून्यले पछि परेको अवस्थामा नेपालले पुनरागमन जित हात पारेको थियो । भारतका लागि अपूर्ण नार्जरीले गोल गर्दा नेपालको जितमा अञ्जली चन्द, प्रीति राई र अमिशा कार्कीले गोल गर्नुभएको थियो ।
भारतका लागि २१औँ मिनेटमा अपूर्णा नार्जरीको गोलबाट भारतले अग्रता लियो । दोस्रो हाफको सुरुवातमै नेपालले बराबरी गोल फर्कायो । ४८औँ मिनेटमा अञ्जली चन्दले नेपालका लागि बराबरी गोल फर्काउनुभएको थियो । कप्तान प्रीति राईले ६९औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गर्दा ८९औँ मिनेटमा अमिशा कार्कीले तेस्रो गोल गर्नुभयो ।
खेलपछि नेपाली कप्तान राईले भारतलाई हराउनु ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले उपाधि दाबेदार भारतलाई हराएपछि फाइनलका लागि नेपाली टोलीको मनोबलसमेत उच्च बनेको प्रतिक्रिया दिनुभयो ।
तीन खेलपछि नेपालको ६ अंक पुगेको छ । भारत र एक खेल कम खेलेको बंगलादेशको समान चार अंक छ । भुटान अंकविहीन छ । नेपालले ३ खेलमा दुई जित र एक खेलमा हार बेहोरेको छ । भारतले तीन खेलमा एक जित, एक बराबर र एक खेलमा हार बेहोरेको छ ।
बंगलादेशले दुई खेलमा एक जित र एक बराबरी खेलेको छ । भुटानले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा बंगलादेशसँग तीन-एकले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई चार–शून्यले हराएको थियो । भुटानलाई पहिलो खेलमा १२-शून्यले हराएको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका