काठमाडौं । गायक सीताराम पोखरेल भारतको मुम्बईमा ‘दादा साहेव फाल्के’ टेलिभिजन अवार्डबाट सम्मानित हुनुभएको छ । विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियोलगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएबापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको ‘दादा साहेव फाल्के’ अवार्ड २०२३ वाट सम्मानित गरिएको बताइएकोे छ ।
५ फेब्रुवरीको दिन भारतको मुम्बईस्थित ताज होटलमा आयोजित भव्य समारोहबीच गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो । मुम्बई पुलिसका असिसेन्ट कमिश्नर पुलिस चिफ सञ्जय पटेल भारतीय अभिनेत्री चाँदनी शर्मा, तथा वरिष्ठ मिडिया पर्सन अखिलेश सिंहले संयुक्त रूपमा गायक पोखरेललाई सम्मान प्रदान गर्नुभएको थियो । सो समारोहमा भारतीय टेलिभिजनका चर्चित सेलीब्रेटीलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका