३२ पटक ग्रामी अवार्ड जितेर बियोन्सेद्वारा कीर्तिमान

Read Time = 2 mins

लस एञ्जल्स । प्रसिद्ध ग्रामी अवार्डमा पप गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जितेर कीर्तिमान कायम गर्नुभएको छ । ६५औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२औं ट्रफी उचालेल्दै नयाँ रेकर्ड बनाउनुभएको हो । सोमबार अमेरिकाको लस एञ्जल्समा आयोजित समारोहमा ३२औं अवार्ड जित्दै उहाँ हालसम्म बढी ग्रामी अवार्ड जित्ने गायिका बन्नुभएको हो ।

बियोन्सले यस वर्ष चार विधामा अवार्ड जित्नुभएको छ । उहाँले डान्स एल्बम ‘रेनेसान्स’ बाट उत्कृष्ट नृत्य तथा इलेक्ट्रोनिक एल्बम, वेष्ट आर एण्ड बी गीत, उत्कृष्ट नृत्य÷इलेक्ट्रोनिक रेकर्डिङ र उत्कृष्ट परम्परागत आर एण्ड बी पफर्मेन्स विधामा अवार्ड जित्नुभएको हो ।
ग्रामी समारोहमा उहाँले भन्नुभयो, ‘म धेरै भावुक नहुन कोशिस गर्दैछु, म यो रातलाई महसुस गर्दैछु । मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु ।’ उहाँले जितको श्रेय आमाबाबु, श्रीमान् र तीन बच्चालाई दिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?