बोटको ब्लुटुथ कलिङ स्मार्टवाच

Read Time = 2 mins

काठमाडौं । भारतीय ब्राण्ड बोटले हियरेबल र वेरेबल क्याटेगोरीतर्फ केही उत्पादन थप गरेको छ । बोट एक्स्टेण्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एम्लोड डिस्प्ले र ३० मिनेटको एएसएपी फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीका साथ आउँछ । एक्स्टेण्ड प्रो ब्लुटुथ कलिङ इन-बिल्ट स्पिकर साथ आउँछ भने एक डायल प्याड रहेको छ ।

स्मार्टवाचमा सात सयभन्दा बढी एक्टिभ मोडहरू रहेका छन् । वास्तविक समयमा मुटुको गति ट्र्याकिङ, सटिक एसपिओ टु अनुगमन, धेरै वाच फेस र थिम सपोर्ट गर्छ । स्मार्टवाचमा १० दिनसम्मको ब्याट्री ब्याक अप रहेको छ । स्मार्टवाचबाहेक बोटको नयाँ लाइनअपमा नेकब्याण्डलगायत पनि रहेका छन् । सो अवसरमा टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भन्नुभयो, ‘हामीले नेपाली बजारमा बोटका उत्पादनका लागि उच्च माग देखेका छौँ । एक्टिभ नोइज क्यान्सलेसनयुक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङयुक्त बोट स्मार्टवाच नेपालमा ल्याएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?