यामाहाको ‘कि टु द गोल्डेन हार्ट’

Read Time = 2 mins

काठमाडौं । भ्यालेन्टाइनका अवसरमा यामाहाले रोमाञ्चक र रोम्यान्टिक स्किम ‘कि टु द गोल्डेन हार्ट’ ल्याएको छ, जसमा अद्भूत सरप्राइज रहेका छन् । स्किमअन्तर्गत एक लाखसम्मको क्यासब्याकको अफरसमेत रहेको छ । कम्पनीका अनुसार हरेक हप्ता यामाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहारमा दिनेछ । लक्की ड्रमार्फत् हरेक हप्ता विजेता घोषणा गरिनेछ । यो अफर यामाहाका सीमित मोडलमा उपलब्ध हुनेछ भने यामाहा स्कुटरमा १७ फेबु्रअरीसम्म र बाकइमा नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ ।

खरिदकर्ताले एकैपटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा वैकल्पिक प्रस्ताव पनि छ । खरिदकर्ताले सबैभन्दा कम डाउन पेमेन्टको विकल्प रोज्न सक्नेछन्, जुन पूर्ण रकमको २० प्रतिशत हो । फेब्रुअरी महिना प्रेमको प्रतीक रहेकाले परस्परको प्रेम र आत्मीयता मनाउँदै यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ । एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?