‘टिभिएस लभ एक्सप्रेस’

Read Time = 1 min

काठमाडौं । टिभिएस स्कुटर र मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेका अवसरमा सम्पूर्ण टिभिएस स्कुटरमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । योजनाअन्तर्गत कुनै पनि मोडलका नयाँँ टिभिएस स्कुटर खरिदमा छ हजार रुपैयाँसम्मको स्योरसट नगद छुट पाइने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री गर्दै आएको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । योजनाअन्तर्गत ग्राहकहरूले जम्मा तीन हजार नौ सय ९९ रुपैयाँ अर्थात् प्रतिदिन एक सय ३३ रुपैयाँ वा २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने बताइएको छ । योजना फागुन १६ गतेसम्म लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?