सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

उन्मुत्तिले निर्णय नलिदाँ मुख्यमन्त्री अप्ठयारोमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने हुनुभएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा पर्नुभएका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यक्ष झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बन्नुभएका रावललाई विश्वासको मत लिन सहज भएको बताईएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने अपौचारिक रूपमा घोषणा गरिसकेको छैन्। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन्।

नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?