लुम्बिनीमा आज राष्ट्रियसभा उपनिर्वाचन हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभामा रिक्त एक सदस्य पदका लागि आज (बुधबार) उपनिर्वाचन हुँदैछ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय निर्धारण गरेको छ ।

उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारूढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार हुनहुन्छ । एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?