सर्लाही । मधेस प्रदेशको चर्चित राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण उदघाटन खेल बुधबार सुरु हुँदै छ ।
उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्ने उक्त पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल एपिएफ क्लब आपसमा भिड्ने छन् ।
वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने उक्त खेल १२ दिनसम्म चल्नेछ ।
प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिनुभयो । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको