अमेरिकाले गर्यो चिनियाँ ‘जासुसी बेलुन’को भग्नावशेष फिर्ता गर्न अस्वीकार

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन। अमेरिकाले ‘जासुसी बेलुन’को भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार गरेको छ ।

ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार (३ फेब्रुअरी) देखिएको उक्त बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको हो ।

शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो । उही समयमा चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताइएको थियो ।

उक्त बेलुनको भग्नावशेष चीनलाई अमेरिकाले फिर्ता गर्न अस्वीकार गरेको बताइएको छ । अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलनको प्रयासलाई तीव्र पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?