मेक्सिकोले टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरू पठायो

हिमालय टाइम्स
Read Time = 1 min

मेक्सिको। मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ ।

मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन ।

‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भूकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने ।

सो उडानमा मेक्सिकन सेनाका खोज र उद्धार विशेषज्ञहरूतसहित तालिम प्राप्त कुकुरहरू पनि रहेका छन । उनीहरुले टर्कीको भग्नावशेषको खोजतलास गर्नुको साथै भग्नावशेष भित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?