काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सिमित भएको गुनासो गर्नुभयो ।
उहाँले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनगरी परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो,‘सरकारले तालिम र युवाहरुलाई स्वरोजगारको नाममा जुन बजेट विनियोजित गरिरहेको छ । त्यसमा वार्षिक रुपमा ४ अर्ब बढी तालिम र स्वरोजगारको नाममा खर्च हुने गरेको छ । त्यसले परिणाम भन्दा पनि तालिमको लागि तालिम मात्रै भएको छ । कुनैपनि तालिम व्यवसायी र व्यवहारिक देखिएको छैन । सरकारले बजेटमा सरकारले परिमार्जन गर्न जरुरी छ । बजेटमा सरकारलाई कस्तो किसिमको जनशक्ति आवश्यक हो । त्यस्तो किसिमको व्यवहारिक र दक्षता बनाउने गरी तालिम दिन सक्नुपर्छ । सरकारले यस्तो कार्यक्रममा खर्च गर्दा रिजल्ट आउने किसिमले खर्च गर्नुपर्छ । निजी क्षेत्रले कुनै क्षेत्रमा खर्च गर्ने भनेपछि त्यसको लागि समय र खर्च त्यसको लागि नै गर्ने गरेको छ । त्यही अनुसार सरकारले पनि काम गर्न सक्नुपर्छ । नव उद्यमी विकास गर्नको लागि काम गर्ने संस्थाहरुको समन्वयन आवश्यक रहेको छ । उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु रहेका छन् । यो सम्बन्धित सरोकारवाला निकायहरु समन्वय गरेर जसले तालिम लिएर उद्यम खोल्नसक्ने बनाउनु पर्छ ।’
उहाँले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको