काठमाडौं । काठमाडौं र सर्लाहीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुर सुर्यविनायक नगरपालिकाका-२३ वर्षीय नोजन राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका-२ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ च ३९९८ नम्बरको जिपआपसमा ठोक्किएका थिए । दुवै सवारी साधन र जिप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको ।
उता सर्लाहीको कविलासी नगरपालिका-७ मा मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । नवलपुर-मलंगवा सडकखण्डमा प्रदेश २ ०३ ००९ प ९१५ नम्बरको मोटरसाइकल सोमबार मध्यराति १२ बजे अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किएको थियो ।
दुर्घटनामा कविनासी नगरपालिका-९ सलेमपुरका २७ वर्षीय डिकेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको